२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

स्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख अमेरिकी डलर सहयोग


सञ्चार डबली
  • बिहीबार , असोज १५ २०८३
  • 880
    SHARES

  • images
    स्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा  १ लाख अमेरिकी डलर सहयोग

    काठमाडौँ / स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख अमेरिकी डलर सहयोग गरेको छ । अगस्ट २०२६ मा नेपालका विभिन्न जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको पुनःस्थापना, पुनर्निर्माण तथा पुनरुत्थानका लागि बैंकले उक्त सहयोग गरेको हो ।

    बैंकका प्रमुख कार्यकारी अधिकृत गोरख रानाले बाढीका कारण धेरै जिल्लाका परिवारले जीवनयापन तथा जीविकोपार्जनमा ठूलो चुनौती र अवरोध सामना गर्नुपरेको बताए । 

    प्रभावित समुदायलाई पुनःस्थापित गर्न र भविष्यमा विपद् सामना गर्ने क्षमता सुदृढ बनाउन सरकारको जारी प्रयासमा सहयोग पुर्‍याउने उद्देश्यले योगदान गरिएको उनको भनाइ छ ।

    नेपालमा लामो समयदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको स्ट्यान्डर्ड चार्टर्डले प्रभावित समुदायको पुनरुत्थानमा सहयोग गर्ने तथा समुदायमा दीर्घकालीन र अर्थपूर्ण प्रभाव पार्ने पहलमा योगदान गर्ने प्रतिबद्धता जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend