२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

शरणार्थी प्रकरणः दोषीलाई कानुनको कठघरामा उभ्याउन ढिलो गर्नु हुँदैन–नेता महर


सञ्चार डबली
  • सोमबार, वैशाख २५ २०८०
  • 9.5K
    SHARES

  • images
    शरणार्थी प्रकरणः दोषीलाई कानुनको कठघरामा उभ्याउन ढिलो गर्नु हुँदैन–नेता महर

    काठमाडौं, २५ वैशाख । आर्थिक समृद्धिको मुख्य बाधक र सामाजिक कलंका रूपमा रहेको भ्रष्टाचार उन्मुलनका लागि संसद‍्ले साझा संकल्प पास गरेर यसै चालु अधिवेशनबाट आवश्यक ठोस कानुन निर्माण गर्नुपर्ने नेपाली कांग्रेसका नेता नैनसिंह महरले बताएका छन्।

    सुशासनका लागि सामाजिक अभियानले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता महरले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नता रहेकाहरूमाथि गहन अनुसन्धान गरी दोषी प्रमाणित भएका ठूला–साना सबैलाई कडा कारबाही हुनुपर्ने बताए।

    अक्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीसमेत बेलाबेलामा भ्रष्टाचारमा मुछिएको बताउँदै महरले अहले पनि अक्तियारको खुट्टा धर्मराएको हो कि भन्दै प्रश्न गरे ?

    काण्डै–काण्ड र महाकाण्ड जस्ता पुस्तकमा नेपालको भ्रष्टाचारका काण्डहरू पर्दाफास गरिसकेका उनले भ्रष्टाचारीका कारण नेपाली समाजमा इमानदार मानिस निरीह बन्नुपर्ने अवस्था सिर्जना भएकोप्रति चिन्ता व्यक्त गरे। ुभ्रष्टाचारका कारण देशको सुशासनको अवस्था कमजोर मात्रै होइन, अन्तर्राष्ट्रिय जगतमा देशको निर्लज्ज हुनुपर्ने अवस्था सिर्जना भएको छ। चालु संसदमा सांसदहरूले भत्तामात्रै पकाउनु भन्दा भ्रष्टाचार नियन्त्रण सम्बन्धी आवश्यक कानुन निर्माण गर्नुपर्छ। सम्बन्धित निकायले दोषीलाई कानुनको कठघरामा उभ्याउन ढिलो गर्नु हुँदैन, महरले भने।

    उनले मुलुक विकास हुन नसक्नुको प्रमुख कारण नै भ्रष्टाचार र अनियमितता भएको बताए। नेताहरू सच्चिँदै भ्रष्ट कर्मचारीहरूलाई कडाभन्दा कडा कारबाही गरिनु पर्ने उनको भनाइ छ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend