२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

अपोलो मिसनको ५१ वर्षपछि चन्द्रमामा यान उतार्ने अमेरिकी प्रयास असफल


  • शुक्रबार, पुस २७ २०८०
  • 9.1K
    SHARES

  • images
    अपोलो मिसनको ५१ वर्षपछि चन्द्रमामा यान उतार्ने अमेरिकी प्रयास असफल

    काठमाडौं । चन्द्र धरातलमा अन्तरिक्षयान अवतरण गराउने अमेरिकी प्रयास असफल भएको छ । सोमबार फ्लोरिडाको केप क्यानभेरलबाट चन्द्रमामा अवतरण गराउने उद्देश्यले यान प्रक्षेपण गरिएको थियो ।

    सन् १९७२ को अन्तिम अपोलो मिसनको करिब ५१ वर्षपछि अमेरिकाले चन्द्रमामा यान अवतरण गराउने प्रयास असफल भएको हो ।

    यो मिसन प्रक्षेपण गरेको अमेरिकी कम्पनीले अन्तरिक्षयानको नियन्त्रण गुमाएको बताएको हो ।

    पेन्सिलभेनियाको पिट्सबर्ग आधारित एस्ट्रोबोटिक कम्पनीले ‘पेरेग्रीन’ ल्यान्डरबाट इन्धन चुहावट भएसँगै मिसन असफल हुने भएको बताएको हो ।

    यससँगै आधा शताब्दीपछि चन्द्रमाको सतहमा यान अवतरण गराउने पहिलो अमेरिकी प्रयास असफल बनेको हो ।

    करिब एक हजार ८८ किलोग्रामको ल्यान्डर चन्द्रमाको उत्तरी गोलार्धमा फेब्रुअरीको अन्त्यमा अवतरण गराउने गरी प्रक्षेपण गरिएको थियो ।

    अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले यो मिसनमा चन्द्रमाको सतहको वातावरण अध्ययन गर्न पाँच यन्त्रहरू राखेको थियो ।

    प्रक्षेपण गरिएको रकेटबाट बाहिर निस्कने बित्तिकै पेरेग्रिनमा समस्या देखिएको थियो ।

    ल्यान्डरको ब्याट्री चार्ज गर्न सौर्य प्यानल सूर्यको दिशामा नघुम्दा समस्या देखिएको हो । यसको प्रोपल्सन प्रणालीमा ठूलो चुहावट भएका कारण उक्त समस्या देखिएको बताइएको छ ।

    अमेरिकाले सन् १९७२ को डिसेम्बरयता चन्द्रमामा यान अवतरण गरेको छैन । पछिल्लोपटक भारतले सन् २०२३ को अगस्ट २३ मा पहिलोपटक आफ्नो यान चन्द्रमाामा अवतरण गराएको थियो ।

    सन् १९६१ देखि सुरु भएको अमेरिकी अपोलो मिसनले सन् १९६९ को जुलाई २१ मा चन्द्रममा मानिस पु‍र्‍याएको थियो । यस दशकको अन्त्यतिर नासाले फेरि चन्द्रमामा मान्छे फर्काउने लक्ष्य राखेको छ ।



    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend