२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

आज ३०२ औँ पृथ्वी जयन्ती तथा एकता दिवस, बिभिन्न कार्यक्रम गरी मनाइँदै


सञ्चार डबली
  • शुक्रबार, पुस २७ २०८०
  • 8.3K
    SHARES

  • images
    आज ३०२ औँ पृथ्वी जयन्ती तथा एकता दिवस, बिभिन्न कार्यक्रम गरी मनाइँदै


    काठमाडौं । आज पृथ्वीनारायण शाहको ३०२ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइदैछ । वि.सं. १७७९ साल पुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायण शाहलाई नेपाल एकीकरणका नायकका रुपमा स्मरण गर्ने गरिन्छ ।

    उनले त्यसबेला बाइसे, चौबिसे लगायत धेरै राज्यमा विभाजित नेपालको भूगोललाई एकीकरण गरेका थिए । त्यही योगदानको कदर गर्दै २७ पुसलाई पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसकोरुपमा मनाउने गरिएको छ ।

    दिवसको सन्दर्भमा सरकारले देशभर सार्वजनिक विदा दिएको छ । २००७ सालपछि देशमा राष्ट्रिय एकता दिवस मनाउन थालिए पनि २०६२÷०६३ सालको आन्दोलनपछि सरकारी स्तरबाट राष्ट्रिय एकता दिवसलाई खारेज गरिएको थियो । केही वर्षयता भने फेरि सरकारले दिवस मनाउने र सार्वजनिक विदा दिने गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend