२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

लक्ष्मी सनराइज क्यापिटलद्वारा बाढी प्रभावितका लागि २१ लाख ५७ हजार सहयोग


सञ्चार डबली
  • बिहीबार , असोज १५ २०८३
  • 66
    SHARES

  • images
    लक्ष्मी सनराइज क्यापिटलद्वारा बाढी प्रभावितका लागि २१ लाख ५७ हजार सहयोग

    काठमाडौँ / लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा २१ लाख ५७ हजार सहयोग गरेको छ ।

    कम्पनीले रसुवालगायतका क्षेत्रमा भदौ १० मा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि २१ लाख ५७ हजार ४ सय १८ रुपैयाँ सहयोग गरेको हो ।

    भोटेकोशी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने र प्रभावित समुदायको पुनःस्थापनामा योगदान गर्ने उद्देश्यले रकम प्रदान गरिएको कम्पनीले जनाएको छ।

    लक्ष्मी सनराइज क्यापिटलका अनुसार उक्त रकम कर्मचारीहरूको व्यक्तिगत योगदानबाट सङ्कलन गरी राहत कोषमा जम्मा गरिएको हो ।

    विपद्को कठिन परिस्थितिमा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको जनाएको छ।

    कम्पनीले बाढीका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ। साथै, उद्धार गरिएका घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend