२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

आज संवैधानिक परिषदको बैठक बस्दै, यस्तो छ कार्यसुची


सञ्चार डबली
  • सोमबार, वैशाख २५ २०८०
  • 8.6K
    SHARES

  • images
    आज संवैधानिक परिषदको बैठक बस्दै, यस्तो छ कार्यसुची

    काठमाडौं, २५ बैशाख । आज संवैधानिक परिषद्को बैठक बस्दैछ । प्रधानन्यायाधीश नियुक्तिलगायतका विषयमा छलफल गर्नका लागि सोमबार संवैधानिक परिषदको बैठक बस्न लागेको हो । बैठक साँझ ६ बजे बस्नेछ ।

    उपसभामुख इन्दिरा राना मगरका अनुसार गत बैठकको निरन्तरताको स्वरुप आजका लागि बैठक बोलाइएको हो । उनका अनुसार नयाँ थप कार्यसूची उल्लेख छैन ।

    संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभाको पहिलो अधिवेशन अन्तिम समयमा संवैधानिक परिषद सबन्धी (संसोधन) विद्येयक पेश गर्ने सहमति भए पनि अन्तिम समयमा आएर रोकिन पुगेको थियो । संवैधानिक परिषदका अध्यक्ष प्रधानमन्त्रीलाई विशेषाधिकार बुँदा थप गरेर विद्येयक ल्याइए पछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आपत्ति जनाएको थियो ।

    प्रमुख प्रतिपक्ष दल एमालेको आपत्ति पछि कार्यसूचीमा समावेश गरिसकेको सो विद्येयक अन्तिममा फिर्ता लिएको थियो । एमालेले संसदीय सुनुवाईको पूर्णता पछि मात्रै सो विद्येयक अघि बढाउनु पर्ने सर्त राख्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend