२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

 शरणार्थी प्रकरणः भ्रष्टाचारको विषयले संसद्‍मा सांसदको आरोप–प्रत्यारोप


सञ्चार डबली
  • आइतबार, वैशाख २४ २०८०
  • 9.7K
    SHARES

  • images
     शरणार्थी प्रकरणः भ्रष्टाचारको विषयले संसद्‍मा सांसदको आरोप–प्रत्यारोप

    काठमाडौं, २४ वैशाख ।  प्रतिनिधिसभ बैठकमा नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणले सांसदहरु आरोप–प्रत्यारोपमा उत्रिएका छन् । संघीय संसद सचिवालयका जारी बैठकका एमाले, कांग्रेस र माओवादीका सांसदहरु आरोप–प्रत्यारोपमा उत्रिएका छन् । तर, उनीहरु सबैले हालसम्मका भ्रष्टाचारका काण्डमाथि छानबिन गर्नुपर्ने माग गरेका छन् । 

    एमालेका प्रमुख सचेतक पदम गिरी, एमालेकै रघुजी पन्त, महेशकुमार बर्तौला, सूर्य थापाले देशमा भएका भ्रष्टाचारका सबै काण्डमाथि छानबिन गर्नुपर्ने बताए । साथै माओवादीका माधव सापकोटाले भ्रष्टाचार आरोप आफ्ना नेतालाई कानुनको दायरामा ल्याउन एमालेलाई चुनौती दिए । भ्रष्टाचारका विषयमा गरेको छानबिनको विषयलाई लिएर प्रधानमन्त्रीप्रति खिसीट्युरी नगर्न उनले एमालेलाई सचेत गराए । 

    कांग्रेसका रामहरि खनिवडा, एकीकृत समाजवादीका मेटमणि चौधरी, नेमकिपाका प्रेम सुवाललगायत सांसदले भ्रष्टाचारका सबै विषयमा पनि छानबिन गर्नुपर्ने बताए । तर, एक दलका सांसदले अर्को दलका नेतालाई भ्रष्टाचारीको रुपमा इंगित गर्दै छानबिन गर्न माग गरे । 

    कांग्रेसकी आरजु राणा देउवाले सबै मन्त्री र सांसदहरुको सम्पत्ति र स्रोत सार्वजनिक गर्नुपर्ने बताइन् । रास्वपाका हरि ढकालले ३३ वर्षमा भएका ३३ सय भ्रष्टाचार काण्ड सबैको आगोग बनाएर छानबिन गर्नुपर्ने बताए । 
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend