२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

भ्रष्टाचार छानबिनको फिल्म हेर्न हामी टिकट काटेर बसेका छौँ – एमाले


सञ्चार डबली
  • आइतबार, वैशाख २४ २०८०
  • 9.3K
    SHARES

  • images
    भ्रष्टाचार छानबिनको फिल्म हेर्न हामी टिकट काटेर बसेका छौँ – एमाले


    काठमाडौं, २४ वैशाख । नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले सरकारलाई सबै भ्रष्टाचारका घटनामा छानबिन गर्न चुनौती दिएका छन् । आज बसेको प्रतिनिधिसभा बैठकमा उनले नक्कली भुटानी शरणार्थी प्रकरणको कारबाही प्रधानमन्त्रीले ट्रेलर भनेको भन्दै अब आफूहरु टिकट नै काटेर फिल्म हेर्न बसेको बताएका हुन् । 

    ‘प्रधानमन्त्रीज्यूले बाहिर भन्दै हिँड्नु भएको छ– भ्रष्टाचारको सवालमा यो ट्रेलर मात्रै हो, फिल्म आउन त बाँकी नै छ,’ प्रधानमन्त्रीको अभिव्यक्तिलाई चुनौती दिँदै उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यू, हामी फिल्म हेर्न आतुर छौँ । हामी तपाईंले फिल्म देखाउनुहुन्छ भनेर टिकट काटेर बसेका छौँ । फिल्म देखाउनुस् । ’
    अब वाइडबडी, बाँसबारी जग्गा घोटाला काण्ड, यति, ओम्नी, लडाकु शिविरका घोटाला काण्डको छानबिन गर्नुपर्ने बताउँदै उनले यसमा एमालेले सघाउने प्रतिबद्धता जनाए । एमाले दोषी जोगाउने पक्षमा नरहेको उनको भनाइ छ । 
     

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend