२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

सरकार जनताप्रति उत्तरदायी बनेमात्रै मुलुकले विकासमा काँचुली फेर्न सक्छ–नैनसिंह महर


सञ्चार डबली
  • आइतबार, वैशाख २४ २०८०
  • 9.2K
    SHARES

  • images
    सरकार जनताप्रति उत्तरदायी बनेमात्रै मुलुकले विकासमा काँचुली फेर्न सक्छ–नैनसिंह महर


    काठमाडौं, २४ वैशाख ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले बजेट अधिवेशन सुरु भएसँगै आगामी बजेटले मुलुकको विकासका लागि दीर्घकालसम्म फाइँदा पुग्ने विषयमा गहन छलफल गर्नुपर्ने बताएका छन् ।  

    राजनीतिक संवाद केन्द्र काठमाडौंले आयोजना गरेको कार्यक्रममा धारणा राख्दै नेता महरले संसदमा शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता अति आवश्यक विषयमा छलफल बढी केन्द्रित हुनुपर्ने धारणा राखे । यसभन्दा पहिले सांसदले धेरै विधेयक ल्याउन सकेनन् । धेरै कानुन बनाउन सकेनन् । जसले गर्दा नेताहरूले विधेयक ल्याएनन् भनेर जनता दुःखी हुनुपर्ने अवस्था छ । सरकारले पनि राम्रो उपस्थिति जनाउन नसकेको अवस्थालाई नकार्न मिल्दैन । त्यसैले अब सरकारदेखि सांसदहरूसम्मको राम्रो उपस्थिति हुनुपर्छ, उनले भने ।

    सांसद र सरकार जनताप्रति उत्तरदायी बनेमात्रै मुलुकले विकासमा काँचुली फेर्नसक्ने उनको धारणा छ । चालु बजेट अधिवेशनमा भ्रष्टाचार नियन्त्रणका लागि सांसदहरूले सशक्त भूमिका निर्वाह गर्दै नयाँ कानुन निर्माण गर्नुपर्ने उनले बताए ।

    भ्रष्ट्राचार नियन्त्रणका लागि बनाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिकामा पनि प्रश्न चिन्ह उठिरहेको बताउँदै नेता महरले यसलाई समय सान्दर्भिक बनाउन थप कानुन निर्माण गर्नुपर्ने भए पनि त्यसमा अग्रसर हुन सरकारलाई सुझाव दिए । 

    ुभ्रष्टाचारलाई जरैदेखि उखेल्न सबै सरकारी संयन्त्र सक्रिय हुनुपर्छ । यसका लागि थप कानुन बनाउन आवश्यक भए त्यो पनि बनाऔं । साना हुन् वा ठूला भ्रष्टाचारी कोही पनि उम्किनु हुँदैन,ु उनले भने । कांग्रेसले सरकारको नेतृत्व गर्दा भ्रष्टाचार अन्त गर्न अख्तियारको स्थापना गरेको प्रसंग सुनाउँदै महरले अहिलेको भुटानी शरणार्थीका नाममा भएको घटना बारेमा पनि गहन अनुसन्धान गरेर दोषीलाई कडाभन्दा कडा कारबाही हुनुपर्ने बताए ।

    यसका साथै अहिले मुलुकको अर्थतन्त्र समस्या ग्रस्त रहेकाले सबै जनप्रतिनिधिले एक वर्ष आफूले पाउँदै र लिँदै आएको सेवा सुविधा त्याग्न सक्नुपर्ने धारणा राखे । ुअहिले मुलुक आर्थिक रूपमा निकै अप्ठ्यारो अवस्थामा छ । त्यसैले समस्या ग्रस्त अर्थतन्त्रलाई लयमा ल्याउन वडा तहदेखि प्रधानमन्त्री हुँदै राष्ट्रपतिसम्मले आफूले पाउँदै आएको सेवासुविधा एक वर्षसम्म नलिने घोषणा गर्नुपर्छ । मुलुकको अर्थतन्त्र बलियो भएमात्र जनताको जीवनस्तर माथि उकास्न सकिन्छ, महर भन्छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend