२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

अस्थिरताको कारण सरकार र सरकारमा रहेका सत्तारुढ दल हुन्–अध्यक्ष ओली


सञ्चार डबली
  • आइतबार, वैशाख २४ २०८०
  • 8.9K
    SHARES

  • images
    अस्थिरताको कारण सरकार र सरकारमा रहेका सत्तारुढ दल हुन्–अध्यक्ष ओली

    काठमाडौं । देशमा अस्थिरताको कारण सरकार र सरकारमा रहेका सत्तारुढ दल भएको नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आरोप लगाएका छन् । सत्तारुढ दलहरु केवल सरकार परिवर्तनको खेलमा मात्र लागेको र विकास निर्माणको काम केही पनि गर्न नसकेको अध्यक्ष ओलीले दाबी गरेका हुन् ।

    आज संघीय संसद् भवनमा बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘मंसिर ४ मा चुनाव भएको आज वैशाख २४ गते भइसक्यो । यी बितेका महिनासम्म सरकार परिवर्तनका खेलहरु मात्र भए । स्थानीय तहमा सरकार परिवर्तन गर्न नमिल्ने भएकाले हो नत्र त्यहाँ पनि यही खेल चलिरहन्थ्यो । प्रदेशमा त्यही खेल चलाइरहेका छन् । देशका लागि होइन, आफ्नो गुटगत स्वार्थ हेरेर त्यही काम गरिरहेका छन् ।’

    १०–१० वटा पार्टी मिलेर पनि सरकार बनाउन नसकेको भन्दै ओलीले व्यङ्ग्यसमेत गरे । ‘कोही छुट्दैछन् कोही भर्ती हुँदैछन् । अस्तिको दिनमा मात्र एउटा घटकले सरकारले छोड्यो । अस्ति कहिले ३ जना मन्त्री बल्ल थप्यो । अझै सरकारले पूर्णता पाउन सकेको छैन । १०–१० वटा पार्टीले सरकार बनाउन सक्दैन । गठबन्धन पनि कति हो टुंगो छैन । कहिले सात भन्या छ कहिले आठ, कहिले नौ, कहिले दश । राजनीतिक तामाशा देखाइएको छ ।’

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend