२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

आर्थिक वृद्धि हासिल गर्न सरकार पूर्ण सक्रियताका साथ लागेको छ– प्रधानमन्त्री दाहाल 


सञ्चार डबली
  • आइतबार, वैशाख २४ २०८०
  • 8.4K
    SHARES

  • images
    आर्थिक वृद्धि हासिल गर्न सरकार पूर्ण सक्रियताका साथ लागेको छ– प्रधानमन्त्री दाहाल 

    काठमाडौं, २४ वैशाख ।  आर्थिक वृद्धि हासिल गर्न सरकार पूर्ण सक्रियताका साथ लागि परिरहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । प्रधानमन्त्री प्रचण्डले विभिन्न चुनौतीहरूका बाबजुद अहिले देशको अर्थतन्त्रको अवस्था क्रमशः सुधारोन्मुख हुँदै गएको जिकिर गरेका छन् । 

     आज काठमाडौंमा नेपाल बिजनेस समिटलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालको अर्थतन्त्रमा विगत केही समयदेखि शोधानान्तर घाटामा उल्लेख्य सुधार आई शोधानान्तर बचत रहेको, वैदेशिक मुद्राको सञ्चितिको अवस्था पनि सुधार भएको, आयातको परिमाणमा पनि उल्लेख्य मात्रामा कमी भएको र विप्रेषणमा उत्साहजनक वृद्धि भएको बताएका हुँन् ।

    प्रधानमन्त्री प्रचण्डले अन्य विकसित एवं विकासशील मुलकहरूको अर्थतन्त्रमा समेत शिथिलता देखिन सक्ने भनी अन्तर्राष्ट्रिय मुद्राकोष तथा विश्व बैंकले विभिन्न प्रक्षेपणहरूका बाबजूद नेपालको समग्र अर्थतन्त्रको अवस्था सुधारोन्मुख रहेको उल्लेख गरेका छन् । 

    ‘विभिन्न आन्तरिक तथा बाह्य आर्थिक गतिविधिहरूमार्फत् आर्थिक वृद्धि हासिल गर्न नेपाल सरकार पूर्ण सजगता र सक्रियताका साथ लागि परिरहेको छ,’ सम्मेलमा प्रधानमन्त्री प्रचण्डले भने, ‘विभिन्न चुनौतीहरूका बाबजुद अहिले देशको अर्थतन्त्रको अवस्था क्रमशः सुधारोन्मुख हुँदै गएको कुरा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आँकडाहरूले प्रष्ट पारेका छन् ।’

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend