२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

शरणार्थी प्रकरणमा सरकारलाई दबाब आए पनि झुक्नु हुँदैन–माधव नेपाल


सञ्चार डबली
  • आइतबार, वैशाख २४ २०८०
  • 9.5K
    SHARES

  • images
    शरणार्थी प्रकरणमा सरकारलाई दबाब आए पनि झुक्नु हुँदैन–माधव नेपाल


    काठमाडौ, २४ बैशाख । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगीमा संलग्नलाई कारवाहीको दायरामा ल्याउनुपर्ने नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बताएका छन्।

    आज विराटनगर विमानस्थलमा संचारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले शरणार्थी प्रकरणमा सरकारलाई दबाब आएपनि झुक्न नहुने समेत बताएका हुन्। उनले भने,’निर्दोष पर्न भएन, दोषी उम्कन भएन। बदमासी गर्ने जोसुकै ठूला ओहदाका भएपनि छुट्न भएन।’

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार भएको भेटलाई लक्षित गर्दै उनले भने, ‘घटनामा संलग्न दोषीलाई बचाउन उच्च राजनीतिक नेतृत्वबाट सरकार र गृहमन्त्रीलाई समेत दबाब आएको होला। तर दबाबसामु झुक्नु हुँदैन भन्ने आम सबैको मान्यता छ। बदमासी गर्ने जोसुकै हुन, जस्तोसुकै ओहदाको भएपनि उनीहरूलाई कानूनको दायरामा ल्याए दण्डित गरिनु पर्छ।’

    गृह मन्त्रालयमा रहेको भुटानी शरणार्थीको नामवलीसम्बन्धी फाइल संशोधन गरेर नेपाली नागरिकको नाम समावेश गरेर अमेरिका पठाउने तयारी भइरहेको यस घटनामा संलग्नको आशंकामा पक्राउ परेकाहरूबाट खुलेको हो।

    उक्त घटनामा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र एमाले उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीकविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ। रायमाझीका छोरा सन्दीप, तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई र पूर्वगृहसचिव टेकनारायण पाण्डे पक्राउ परिसकेका छन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend