२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

कांग्रेसका सुरेन्द्र आचार्य महिला बालबालिका मन्त्रालयको जिम्मेवारीमा, आजै सपथ


सञ्चार डबली
  • आइतबार, वैशाख २४ २०८०
  • 10.4K
    SHARES

  • images
    कांग्रेसका सुरेन्द्र आचार्य महिला बालबालिका मन्त्रालयको जिम्मेवारीमा, आजै सपथ

    काठमाडौ, २४ बैशाख । महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी नेपाली कांग्रेसका सांसद सुरेन्द्र आचार्यले पाउने भएका छन् ।राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त मन्त्री आचार्यले आजै पद तथा गोपनियताको शपथ लिने कार्यक्रम तय भएको छ ।

    जसअनुसार आज अपरान्ह साढे १२ बजे उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको सपथ गराउने छन् ।महिला बालबालिका मन्त्रालय सम्हालीरहेका नेपाल समाजवादी पार्टीका महेन्द्रराय यादवलाई वन वा खानेपानी मन्त्रालयको जिम्मेवारी दिइने बुझिएको छ ।

    गत बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफनौं ९ औं पटक मन्त्रीपरिषद विस्तार गरेका थिए । जसअनुसार कानुन न्याय तथा संसदीय मामिला मन्त्रीमा धनराज गुरूङ, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा मोहनबहादुर बस्नेत र युवा तथा खेलकुद मन्त्रीमा डिगबहादुर लिम्बू रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend