२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

 एआईजी ज्ञवाली विरुद्दको मुद्दा अख्तियारद्वारा तामेलीमा


सञ्चार डबली
  • शनिबार, वैशाख २३ २०८०
  • 8.7K
    SHARES

  • images
     एआईजी ज्ञवाली विरुद्दको मुद्दा अख्तियारद्वारा तामेलीमा

    काठमाडौँ, २३ बैशाख । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक एआईजी श्यामलाल ज्ञवालीको नागरिकताको जन्ममिति फरक पारी सरकारी निकायलाई झुक्याई जागिर खाएको भन्नेसमेत व्यहोराको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तामेलीमा राखेको छ । उक्त मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता नं (अ०४३७४७) २०७९–११–१४ मा दर्ता भएको थियो ।

     नेपाल प्रहरीका प्रहरी नायब महानिरिक्षक  ज्ञवालले नागरिकताको जन्ममिति फरक पारी सरकारी निकायलाई झुक्याई जागिर खाएको भन्नेसमेत व्यहोराको उजुरी सम्बन्धमा अख्तीयारले प्रारम्भिक छानबिन सम्पन्न गरि आयोगको मिति २०८०–०१–१४ को निर्णय अनुसार पछि थप प्रमाण फेला परेमा कानून बमोजिम हुने गरी हाललाई सो उजुरी तामेलीमा राखिएको जनाएको हो ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १९ को उपदफा ९१३० बमोजिम उक्त मुद्दा तामेलीमा राखिएको जानकारी गराईएको छ ।

    उक्त जानकारी अख्तियारले नेपाल प्रहरी प्रधान कार्यालय, नक्साललाई बैशाख १५ गते पत्र लेखी उजुरी तामेलीमा राखेको जनाएको छ । उक्त मुद्दामा क्लिनचिट पाएपछी एआईजी ज्ञवालीले आफुलाई अख्तियारले न्याय दिलाएकोमा खुशी ब्यक्त गरे ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend