२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

‘सडक आश्रित मानव मुक्त नेपाल’ बनाउन सक्दो प्रयत्न गर्ने –गृहमन्त्री श्रेष्ठ


सञ्चार डबली
  • शनिबार, वैशाख २३ २०८०
  • 7.8K
    SHARES

  • images
    ‘सडक आश्रित मानव मुक्त नेपाल’ बनाउन सक्दो प्रयत्न गर्ने –गृहमन्त्री श्रेष्ठ


    काठमाडौं, २३ बैशाख । सरकारले ‘सडक आश्रित मानव मुक्त नेपाल’ बनाउन सक्दो प्रयत्न गर्ने उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन् ।आज काठमाडौंको बनस्थलीस्थित मानव सेवा आश्रममा पुगेका उनले त्यसलाई निरन्तरता दिन र अझ उचाइमा पुर्‍याउने काममा पनि सरकारले सक्दो सहयोग गर्ने बताएका हुन ।

    गृहमन्त्री श्रेष्ठले मानव सेवा आश्रमको सहयोगका लागि त्यहाँका पदाधिकारीहरुसँग प्रधानमन्त्री पुष्पकमल दाहालको भेट आजरभोलि नै गराउने पनि बताएका छन् । प्रधानमन्त्री दाहालले राम्रो कामलाई आत्मासात गर्दै सकेको सहयोग गर्ने नीति लिएको उल्लेख गर्दै सो आश्रमले गरेको मानवीय सेवा संचालनमा ल्याइ राख्न सहयोग गर्ने उनको विश्वास छ ।

    गृहमन्त्री श्रेष्ठले मानवीय सेवा महान सेवा भएको भन्दै त्यसलाई मर्न नदिन सरकार र आफू व्यक्तिगत रुपमा पनि लागि पर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मानव सेवा आश्रमको सहयोगका लागि आफूले प्रमुख राजनीतिक दलका नेतृत्वसँग पनि छलफल गर्ने उनको भनाई छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend