बिहीबार, पुस ५, २०८०
काठमाडौं । काठमाडौंमा आज यो वर्षको हालसम्मको न्यून तापक्रम मापन गरिएको छ । बिहान साढे ६ बजे ४.८ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ । “यो वर्षका लागि आजको तापक्रम अहिलेसम्मकै न्यून हो । काठमाडौंको तापक्रम दिउँसो १७ देखि १९ डिग्री सेल्सियसको बीचमा रहनेछ । हिजो बिहान पौने ९ बजे काठमाडौंको तापक्रम ५ डिग्री सेल्सियस थियो ।
काठमाडौंमा आज बिहान पाँच किलोमिटर भिजिविलिटी रहेको छ । ९ बजेसम्म काठमाडौंमा लागेको हुस्सु तथा कुहिरो हट्ने उनको भनाइ छ ।उनका अनुसार आज बिहान लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ । बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ ।
दिउँसो देशभर आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने बताए । राति देशभर आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने बताए । आज वर्षा र हिमपातको सम्भावना छैन । पश्चिमी वायुको आंशिक प्रभाव रहेका कारण वर्षा र हिमपात नहुने भएको हो ।


