२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

आजको मौसम : काठमाडौंमा आज यो वर्षकै न्यून तापक्रम, वर्षा र हिमपातको सम्भावना


सञ्चार डबली
  • बुधबार, मंसिर २७ २०८०
  • 10.3K
    SHARES

  • images
    आजको मौसम : काठमाडौंमा आज यो वर्षकै न्यून तापक्रम, वर्षा र हिमपातको सम्भावना

    बुधबार, मंसिर २७, २०८०
    काठमाडौं । काठमाडौं उपत्यकामा आज यो वर्षसम्मै न्यून तापक्रम मापन गरिएको छ । बिहान ५ः४५ बजे काठमाडौंमा ५.८ डिग्री सेल्सियस तापक्रम मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    विभागका अनुसार आज बिहान पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । तराईका थोरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ ।

    विभागले दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । बाँकी पहाडी भू–भागमा आंशिक बदली रही तराई भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । 

    कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

    बिहान तराईका भू–भागहरूमा लागेको हुस्सु मध्याह्नसम्म क्रमिक रुपमा सुधार हुँदै जाने सम्भावना छ । हुस्सु र कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत आंशिक प्रभाव पर्न सक्ने सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन विभागले भनेको छ । 

    हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend