२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

आजको मौसम : उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना 


सञ्चार डबली
  • बिहीबार , मंसिर १४ २०८०
  • 9.0K
    SHARES

  • images
    आजको मौसम : उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना 

    बिहीबार, मंसिर १४, २०८०
    काठमाडौं । केही दिनदेखि नेपालमा पश्चिमी वायु र भारतको राजस्थान क्षेत्र आसपास रहेको न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । जसका कारण अघिल्ला दिनहरूमा भन्दा बढी चिसो महसुस भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

    विभागका अनुसार आज बिहान मधेस, वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशलगायात पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । 

    दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत बाँकी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । 

    मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना  छ । उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend