२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

अस्थायी युद्ध विराम भए पनि इजरायलले आक्रमण गरिरहेको छ : प्यालेस्टाइन


सञ्चार डबली
  • आइतबार, मंसिर १० २०८०
  • 15.6K
    SHARES

  • images
    अस्थायी युद्ध विराम भए पनि इजरायलले आक्रमण गरिरहेको छ : प्यालेस्टाइन


    काठमाडौं । इजरायल र प्यालेस्टाइनबीच अहिले अस्थायी युद्ध विराम भए पनि प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले इजरायली सेनाले कब्जा गरेको वेस्ट बैंकमा शनिबार ६ प्यालेस्टाइनीको हत्या गरेको दाबी गरेको छ । प्यालेस्टिनी सशस्त्र समूहहरूको गढ रहेको जेनिन नजिकै रहेको काबातियामा २५ वर्षीय डाक्टरको घरबाहिर हत्या गरिएको दाबी गरेको हो ।

    यसैगरी रामल्लाह नजिकै अल–बिरेहमा अर्का प्यालेस्टिनीको मृत्यु भएको छ । जेनिनमा चार व्यक्तिको मृत्यु भएको थियो । इजरायली सेनाले सहरमा प्रवेश गर्ने ठूलो संख्यामा सशस्त्र सवारी साधनहरूमा लक्षित गरेर गोली प्रहार गरेको जनाइएको छ । इजरायली अधिकारीहरूका अनुसार, हमासले गत महिना अक्टोबर ७ मा इजरायलमा सीमापार हमला गरेपछि वेस्ट बैंकमा हिंसा बढेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend