आइतबार, १० मङ्सिर २०८०,
काठमाडौँ । प्रहरी प्रधान कार्यालयले विभिन्न पदमा कार्यरत २६ जना प्रहरी सम्पर्कविहीन भएको जनाएको छ । सम्पर्कमा नरहेका २६ जना प्रहरीलाई सात दिनभित्र कार्यालयमा सम्पर्क गर्न नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले अनुरोध गरेको छ । कार्यालयले आज एक सार्वजनिक सूचना जारी गर्दै हाजिर हुन नआएका २६ प्रहरी कर्मचारीलाई सम्पर्कमा आउन अल्टिमेटम दिएको हो ।
प्रहरी नियमावली २०७१ को नियम ११५ को (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत उनीहरू कार्यालयको सम्पर्कमा नआएको सूचनामा उल्लेख छ ।
सम्पर्कविहीन प्रहरीहरूको नाम र ठेगाना सार्वजनिक गर्दै कार्यालयले सात दिनभित्र आफू गैर हाजिर रहनुको कारणसहित उपस्थित नभएमा उनीहरूलाई सेवाबाट बर्खास्त गरिने कार्यालयले जनाएको छ।


