२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

उदयपुरमा पिकनिक खाएर फर्किएको स्कुलको बस दुर्घटना, ३४ भन्दा बढी घाइते


सञ्चार डबली
  • शनिबार, मंसिर ९ २०८०
  • 12.5K
    SHARES

  • images
    उदयपुरमा पिकनिक खाएर फर्किएको स्कुलको बस दुर्घटना, ३४ भन्दा बढी घाइते

    शनिबार, मंसिर ९, २०८०

    उदयपुरको त्रियुगा नगरपालिका–५ देउरीस्थित अन्नपूर्ण स्कुलको बस मदन भण्डारी राजमार्गअन्तर्गत उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा दुर्घटना भएको प्रहरीले जनाएको छ । उदयपुरका प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीका अनुसार वनभोज मनाएर फर्कने क्रममा बस दुर्घटना भएको हो ।

    उक्त बसमा ३६ जनाभन्दा बढी सवार रहेको अनुमान गरिएको छ । दुर्घटनालगत्तै घाइते विद्यार्थीहरुलाई जिल्ला अस्पताल उदयपुरमा पुर्‍याइएको र १२ जना गम्भीर अवस्थाका घाइतेहरुलाई रेफर गर्ने तयारी भइरहेको जनाइएको छ । ३४ जनालाई जिल्ला अस्पताल उदयपुरमा ल्याइसकिएको र उनीहरुको उपचार सुरु भएको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend