सञ्चार डबली
काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तरकारी तथा फलफूलको बजार मूल्य निर्धारण गरेको छ । निर्धारित बजार थोक मूल्य अघिल्लो साताको तुलनामा झन्डै आधा हो ।
समितिद्वारा निर्धारित बजार मूल्य अनुसार आज ठूलो गोलभेडा प्रतिकेजी न्यूनतम मूल्य ६० रुपैयाँ ,सानो गोलभेडा लोकल १७ रुपैयाँ ५० पैसा, रातो आलु ४७ रुपैयाँ ५० पैसा,सेतो आलु ३५ रुपैयाँ, प्याज सुकेको भारतीय ९६ रुपैयाँ रहेको छ ।
यस्तै, समितिले आजको लागि गाजर प्रतिकेजी ५०,बन्दा लोकल ४५ रुपैयाँ, स्थानीय काउली १४,मूला रातो ३०,सेतो लोकल मूला १०,भन्टा लाम्चो २०,मकै बोडी ३४, भटमासकोशा ८०, मटरकोशा १०४ रुपैयाँ, घिउ सिमी लोकल २०, राजमा सिमी ७०, तितो करेला ९०,लौका २५,परवल लोकल ५०,घिरौला २५,फर्सी पाकेको ३०,हरियो फर्सी डल्लो १० रुपैयाँ न्यूनतम मूल्य निर्धारण गरेको छ ।
रायो साग ३०,पालुंगो १००,चमसुर ११०,तोरी ३०, हरियो प्याज ८०,च्याउ कन्य ७०, डल्ले च्याउ २५०,कुरीलो ९००, ब्रोकाउली ५० रुपैयाँ तोकिएको छ । फलफूलमा आज फूजी स्याउ ३२० रुपैयाँ न्यूनतम मूल्यमा बजारमा पाइने छ । यस्तै,केरा १६०,कागती १२०,अनार ४००,कालो अंगुर ३८०,सुन्तला नेपाली ८०,मौसम ९०,जुनार २२०, आभोकाडो २०० र किवि २२० रुपैयाँ तोकिएको छ ।


