२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

धुवाँको तुवाँलोमा रुमल्लियो नयाँ दिल्ली, प्रदुषणस्तर निकै खराब


सञ्चार डबली
  • शुक्रबार, मंसिर ८ २०८०
  • 10.0K
    SHARES

  • images
    धुवाँको तुवाँलोमा रुमल्लियो नयाँ दिल्ली, प्रदुषणस्तर निकै खराब

     

    काठमाडौं । भारतको राजधानी नयाँ दिल्ली पछिल्लो तीन दिनदेखि धुवाँको तुवाँलोमा रुमल्लिएको छ । जसका कारण मानिसहरूले केही मिटर टाढा पनि स्पष्ट रूपमा देख्न नसक्ने अवस्था भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।नयाँ दिल्लीमा धुवाँ र प्रदूषणका कारण टाउको दुख्ने, थकान लाग्ने, सास फेर्न गाह्रो हुने जस्ता समस्यालाई सामान्य रुपमा हेर्नु पर्ने अवस्था बनेको छ ।

    नयाँ दिल्लीको प्रदूषण अझै बढ्न सक्ने अनुमान गरिएको छ । अहिलेको प्रदूषणलाई सन् २०१६ को नोभेम्बर पछिको सबैभन्दा खतरनाक भनिएको छ । नयाँ दिल्लीमा लगातार प्रदुषणको स्तर बढ्दै गएपछि केही दिनका लागि दिल्लीबाट दूर ९टाढा० जान विज्ञहरुले सुझाव दिएका छन् । यदि दिल्लीभन्दा टाढा जान नसक्नेहरुले भने मास्क लगाएर मात्रै यात्रा गर्न अनुरोध गरेका छन् ।  

    केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड ९सीपीसीबी०को एयर बुलेटिन अनुसार बिहीबार राजधानीको एक्यूआई ३९० थियो । राजधानीका धेरै ठाउँमा प्रदूषणको अवस्था गम्भीर छ । सबैभन्दा प्रदूषित स्थानहरूमा, अलीपुरको एक्यूआई ४२३, पंजाबी बाग ४२५, नेहरू नगर ४२८, सोनिया विहार ४२०, जहाँगीरपुरी ४३४, रोहिणी ४२०, विवेक विहार ४२४, वजिरपुर ४३१, बवाना ४४४ थियो ।

    राजधानीका १५ स्थानमा प्रदूषणको स्तर निकै माथि पुगेको छ । भातरको मौसम पूर्वानुमान महाशाखाको प्रक्षेपण अनुसार नोभेम्बर २४ (आज) पनि प्रदूषणको स्तर निकै खराब रहन सक्छ ।  

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend