२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

धनकुटाको निगोलमा एकै परिवारका ३ जना मृत फेला


सञ्चार डबली
  • बिहीबार , मंसिर ७ २०८०
  • 7.1K
    SHARES

  • images
    धनकुटाको निगोलमा एकै परिवारका ३ जना मृत फेला


    काठमाडौं । धनकुटा नगरपालिका–१ निगोलमा एकै परिवारका तीन जना मृत फेला परेका छन् । ३५ वर्षीय टिकाराम गुरुङ, उनकी श्रीमती भिमा गुरुङ र उनीहरुको ११ वर्षीय छोरा आयुष घरभित्रै मृत फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जानकारी दिएको छ ।

    टिकारामको शव घरको दलिनमा झुण्डिएको अवस्थामा फेला परेको तथा उनकी श्रीमती भिमा र छोरा आयुष खाटमा मृत फेला परेका हुन् । उनीहरुकी ६ वर्षीया छोरी सकुशल छिन् ।

    प्रहरीका अनुसार घरमा विवाद भएपछि श्रीमान टिकाले छोरीलाई छिमेकीको घरमा लगेर राखेका थिए । छोरी र छिमेकीका अनुसार श्रीमान–श्रीमतीबीच गएराति मुक्कामुक्की भएको थियो । त्यसपछि घरमा तीन जना मृत फेला परेका थिए । प्रहरीले मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि अस्पताल पठाएको छ । मृत्युको कारण खुलेको छैन ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend