२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

आजको मौसम : देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना


सञ्चार डबली
  • बिहीबार , मंसिर ७ २०८०
  • 10.9K
    SHARES

  • images
    आजको मौसम : देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

    बिहीबार, मंसिर ७, २०८०
    काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज देशका केही भू–भागमा हिमपातको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो । 

    जल तथा मौसम विज्ञान विभागका अनुसार कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको जनाएको विभागले बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको बताएको छ ।  

    आज दिउँसो पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको भनाइ छ ।

    काठमाडौंमा आज मौसम बदली हुनेछ । “काठमाडौंमा आज दिनभर मौसम बदली हुनेछ,“काठमाडौंमा आज दिनभर घाम लाग्ने र बादल लाग्ने क्रम चलिरहनेछ ।”

    विभागले राति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने बताएको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend