२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

कैलालीमा मिनी ट्रक दुर्घटनाः एक जनाको, १७ घाइते


सञ्चार डबली
  • मंगलबार, मंसिर ५ २०८०
  • 6.0K
    SHARES

  • images
    कैलालीमा मिनी ट्रक दुर्घटनाः एक जनाको, १७ घाइते


    काठमाडौं । कैलालीमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको भने १७ जना घाइते भएका छन् ।भीमदत्त राजमार्गअन्तरगत गोदावरी नगरपालिका–४ मा सोमबार साँझ से१ख १४३८ नम्बरको मिनी ट्रक दुर्घटना हुँदा डोटीको जोरायल गाउँपालिका–२ की ५८ वर्षीया शोभा बिकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार बिकको घटनास्थलमै मृत्यु भएको हो भने ट्रकमा सवार अन्य १७ जना घाइते भएका छन् ।उनीहरुमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । घाइते सबै डोटीको जोरायल गाउँपालिका क्षेत्रका रहेको प्रहरीले जनाएको छ ।

    घाइतेहरुको धनगढीको सेती प्रादेशिक अस्पताल, माया मेट्रो अस्पताल र अत्तरियाको पद्यमा अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि मिनी ट्रक चालक फरार भएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend