२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

कृष्णभिरमा मृत अवस्थामा भेटिए कलाकार प्रकाश ढकाल


सञ्चार डबली
  • सोमबार, मंसिर ४ २०८०
  • 7.9K
    SHARES

  • images
    कृष्णभिरमा मृत अवस्थामा भेटिए कलाकार प्रकाश ढकाल

    काठमाडौं । कलाकार प्रकाश ढकाल मृत अवस्थामा भेटिएका छन् ।धादिङको बेनिघाट–रोराङ गाउँपालिका–७ कृष्णभिरमा ढकालको शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।

    ढकालको शव आइतबार साँझ ५ बजेतिर त्रिशूली नदी किनारको खोचमा फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरीले जानकारी दिएको छ । ढकाल स्याङ्जाको चापाकोट नगरपालिका–७ का हुन् ।

    उनी काठमाण्डु बस्ने गर्दथे। उनी स्याङ्जाबाट गत शुक्रबार काठमाण्डुतर्फ आएका थिए। त्रिशूलीमा र्‍याफ्टिङ गर्नेहरूले खोचमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। खोचबाट शव सोमबार बाहिर निकालिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend