२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

टिकटकलाई प्रतिबन्ध लगाउने निर्णयका विरुद्ध टिकटक प्रयोगकर्ताहरु आन्दोलित


सञ्चार डबली
  • सोमबार, मंसिर ४ २०८०
  • 8.2K
    SHARES

  • images
    टिकटकलाई प्रतिबन्ध लगाउने निर्णयका विरुद्ध टिकटक प्रयोगकर्ताहरु आन्दोलित

     

    काठमाडौं । सरकारको टिकटकलाई प्रतिबन्ध लगाउने निर्णयका विरुद्ध टिकटक प्रयोगकर्ताहरु आन्दोलिन बनेका छन् ।गत दुई महिनामा टिकटकको माध्यमद्वारा साइबर पीडित ५ सय ४८ जना रहेको साथै फेसबुकबाट ३ हजार ७ सय ७८ जना पीडित भएको तथ्याङ्क दिँदै प्रत्येक १०० जना साइबर पीडितमध्ये ७ जना टिकटक र ८० जना फेसबुक मार्फत् पीडित देखिएको उनीहरुले उल्लेख गरेका छन् ।

    उक्त तथ्याङ्कका आधारमा प्रतिबन्ध टिकटकमा होइन, फेसबुकमा लगाउनु पर्ने आन्दोलनकर्ताहरुको भनाई छ । भारतले राजनैतिक हिसाबले टिकटलगायत थुप्रै चिनियाँ एपहरुमा पनि प्रतिबन्ध लगाएको भन्दै नेपालमा टिकटक सयौं नयाँ व्यवसायीको व्यापार प्रवर्द्धन गर्ने माध्यम बनेको उनीहरुले बताएका छन् ।

    नेपाली गीत, संगीतको पहुँच विश्वव्यापी बनाउन पनि टिकटक महत्वपूर्ण भएको उनीहरुको तर्क छ ।उनीहरुले हात दुख्यो भन्दैमा हात काटेर फाल्ने हैन त्यसको उपचार गर्नुपर्ने भन्दै टिकटक वा अन्य सामाजिक सञ्जालहरुलाई प्रतिबन्ध हैन नियम बनाएर त्यसअनुसार नेपालमा चल्ने वातावरण बनाउनुपर्ने पनि बताएका छन् ।

    टिकटक वा अन्य सञ्जाल चलाएर अरबौं रुपैयाँको ब्यान्डविथ खर्च गरेको भन्दै यही मौकामा सबैलाई नेपालमै डाटा सेन्टर स्थापना गराएर त्यसको नियम अनुसार सञ्चालन गर्नसके अरबौं बचत हुने साथै प्रयोगकर्ताको डाटा सुरक्षित हुने पनि आन्दोलनकर्ताहरुको भनाई छ ।

    यस्तै, उनीहरुले नेपालका भएको विद्युत प्रयोग गरेर डाटा सेन्टर चलाउने हो भने त्यसले नेपाललाई खरबौं कमाउने माध्यम बन्ने एवं लाखौ नयाँ रोजगारी सिर्जना हुन सक्ने पनि बताएका छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend