२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

इलाम बस दुर्घटना परि मृत्यु हुनेको संख्या पुग्यो


सञ्चार डबली
  • सोमबार, मंसिर ४ २०८०
  • 8.7K
    SHARES

  • images
    इलाम बस दुर्घटना परि मृत्यु हुनेको संख्या पुग्यो

     

    काठमाडौं । मेची राजमार्गअन्तर्गत इलामको रोङ गाउँपालिका–३ कोल्बुङमा भएको बस दुर्घटनामा घाइते भएका मध्ये थप दुईजनाको उपचारको क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाको अनुसार आइतबार भएको दुर्घटनामा घाइते भएका धनुषाधाम नगरपालिका –९ धारापानी बस्ने ३५ वर्षीया मनवती लामा र सोही वडाकी ६० वर्षीया शान्तमाया तामाङको उपचारकै क्रममा मृत्यु भएको हो ।

    विर्तामोडस्थित विएण्डसी अस्पतालमा लामाको आइतबार र तामाङको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । दुर्घटनामा आइतबार साँझ वडा नं –९ कै १२ वर्षीय अर्पण लामाको घटनास्थलमै मृत्यु भएको थियो ।

    धनुषाबाट कन्याम घुम्न आएको ना ६ ख ८४२४ नम्बरको बस फर्कने क्रममा सडकबाट अन्दाजी तीन सय मिटर तल खसेको थियो । बस दुर्घटनामा चालकसहित ३७ जना घाइते भएका थिए । जसमध्ये तीनको मत्यु भइसकेको छ भने ३३ जनाको हाल विएण्डसी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    घाइतेमध्ये अन्य दुई जनाको अवस्था पनि चिन्ताजनक रहेको छ । उनीहरुको भेन्टिलेटरमा उपचार भइरहेको छ ।बसका चालक धनुषा जनकपुर उपमहानगरपालिका –२३ का ४५ वर्षीय हरिकिन राउतलाई इलका प्रहरी कार्यालय पशुपतिनगरले नियन्त्रणमा लिएको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend