२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

हमासले अपहरण गरेर लगेका व्यक्तिहरूको भिडियो सार्वजनिक


सञ्चार डबली
  • सोमबार, मंसिर ४ २०८०
  • 9.3K
    SHARES

  • images
    हमासले अपहरण गरेर लगेका व्यक्तिहरूको भिडियो सार्वजनिक

     

    काठमाडौं। हमासले इजरायलमा आक्रमणपछि अपहरण गरेर लगेका व्यक्तिहरू रहेको भिडियो सार्वजनिक गरिएको छ । इजरायल डिफेन्स फोर्स (आईडीएफ) आज सामाजिक सञ्जाल ट्वीटरमार्फत प्यालेस्टाइनी लडाकु समूह हमासले दुईजनालाई अस्पताल लैजाँदै गरेको भिडियो सार्वजनिक गरेको हो ।

    ती दुई जनामध्ये एकजना नेपाली र अर्का एकजना थाइ नागरिक भएको उल्लेख गरिएको छ । तर उनीहरु को हुन् र अहिले कहाँ छन् भन्ने बारेमा केही खुलेको छैन । उनीहरूलाई घाइते अवस्थामाउक्त भिडियोमा हमासले एकजनालाई स्ट्रेचर र अर्का एकजनालाई घेरेर अस्पतालभित्र लगिएको देख्न सकिन्छ । उनीहरूलाई लगिएको अस्पताल गाजास्थित अल सिफा रहेको उल्लेख गरिएको छ ।

    गत असोज २० गते हमासले इजरायलमाथि एक्कासि आक्रमण गरेको थियो । सो आक्रमणका क्रममा हमास समूहले नेपालका विपिन जोशीसहित विभिन्न देशका दुई सयभन्दा बढी नागरिकलाई अपहरण गरेर बन्धक बनाएको छ । हमासको आक्रमणमा १० जना नेपाली विद्यार्थी मारिएका थिए।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend