२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

तीन महिनादेखि योजना बनाएर माओवादी नेता बर्तौलामाथि खुकुरी प्रहार


सञ्चार डबली
  • शनिबार, मंसिर २ २०८०
  • 8.2K
    SHARES

  • images
    तीन महिनादेखि योजना बनाएर माओवादी नेता बर्तौलामाथि खुकुरी प्रहार

    नेकपा माओवादी केन्द्रका बागमती प्रदेश कमिटी सदस्य जनक बर्तौलामाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलका अनुसार ज्यान मार्ने उद्योग कसुरमा इलामको पशुपतिनगर क्षेत्रबाट तीन जनालाई पक्राउ गरेको हो ।

    बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १० का २४ वर्षीय शेरबहादुर थारू, झापा मेचीनगर नगरपालिका वडा नम्बर ८ मेचेका ३४ वर्षीय कैलास भन्ने टेकबहादुर प्रधान र कोहलपुर नगरपालिका वडा नम्बर १ कौशीला बस्ने २६ वर्षीय आशिष लामिछाने मगरलाई प्रहरीले पक्राउ गरेको हो ।

    गत कात्तिक २२ गते काठमाडौं महानगरपालिका वडा नम्बर १० बानेश्वरस्थित आई प्‍लेक्स मलनजिकै बर्तौलामाथि दुई जना व्यक्तिहरूले खुकुरी प्रहार गरी फरार भएका थिए। उनीहरूको तत्काल परिचय खुलेको थिएन ।

    अनुसन्धानको क्रममा प्रहरीले उनीहरूको पहिचान, पीडितबाट सूचना संकलन र विभिन्न विधि र पद्धतीको प्रयोग गरिएको एसपी ढुंगेलले बताउनुभयो।

    उहाँकाअनुसार बर्तौलामाथि सांघातिक आक्रमण गर्न तीन महिना अघिदेखि नै योजना बनेको खुलेको छ। बर्तौलाको दैनिक गतिविधिमाथि उनीहरूले निगरानी गरेका थिए । पीडित बस्ने घर, कार्यालय, जिम सबै ठाउँमा निगरानी गरी उपयुक्त समय र स्थानको निर्धारण गरी आक्रमण गरेको पाइएको प्रहरीले बताएको छ ।

    खुकुरी प्रहार गर्न शेरबहादुर र आशिष पुगेका थिए। बर्तौलालाई शेरबहादुरले पछाडीबाट तीन पटक खुकुरीले प्रहार गरेका थिए। त्यहाँको निगरानी आशिषले गरेका थिए ।

    आक्रमणपछि दुबै जना भागेका थिए । शेरबहादुरले करिब पाँच सय मिटर पश्चिम भागेर एक घरभित्रको कम्पाउण्डभित्र पसेर कपडा फेरेका थिए। ती कपडा, हतियारहरू त्यहीँ फालेर उनी फरार भएका थिए ।

    प्रहरीको निगरानीबाट बच्न उनीहरू हिँड्दै नयाँ बसपार्क पुगेर त्यहाँबाट झापा हुँदै इलाम पुगेका थिए। उनीहरू दुई जनालाई इलाम पुर्‍याउने काम टेकबहादुर प्रधानले गरेका थिए। त्यसबापत उनले रकम लिएका थिए । यस्तै उनीहरूले एउटा होटलमा बसेर योजना बनाएको खुलेको छ।

    पक्राउ परेका व्यक्तिहरू पहिले पनि पटक(पटक आपराधिक गतिविधिमा संलग्न रहेको प्रहरीले जनाएको छ। चोरी तथा डाका, हातहतियार खरखजाना, लागुऔषध र ज्‍यानसम्बन्धी उद्योग जस्ता गतिविधिमा संलग्न भई सजाय भुक्तान गरेको खुलेको छ । उनीहरूलाई जिल्ला अदालत काठमाडौंबाट १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप भएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend