२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

सामाजिक सञ्जाल टिकटक बन्द होइन नियमन गर्नुपर्छ : सभापति लामिछाने


सञ्चार डबली
  • मंगलबार, कात्तिक २८ २०८०
  • 8.6K
    SHARES

  • images
    सामाजिक सञ्जाल टिकटक बन्द होइन नियमन गर्नुपर्छ : सभापति लामिछाने


    काठमाडौँ । सामाजिक सञ्जाललाई बन्द गर्ने नभई नियमन गर्नुपर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बताएका छन् ।सोमबार सरकारले टिकटक बन्द गर्ने निर्णय गरेसँगै सामाजिक सञ्जालमा लेख्दै उनले बन्द होइन नियमन गर्नुपर्ने बताएका हुन् ।

    उनले लेखेका छन्, ‘सामाजिक सञ्जाललाई नियमन गर्ने हो, बन्द गर्ने होइन । समस्या कन्टेन्टको हो, प्लेटफर्मको होइन । अराजकता अभिव्यक्तिमा होला, माध्यमको के दोष ? टिकटकका कयौं युजर र कन्टेन्ट खराब छन् तर सबै युजर र कन्टेन्ट खराब छैनन् । प्राविधिक रुपमा खराबलाई कन्ट्रोल गर्न सकिन्छ । टिकटकमा हालेको भिडियो रिलमा हाल्न मिल्छ, इन्स्टामा हाल्न मिल्छ, फेसबुकमा हाल्न मिल्छ । के सबै प्लेटफर्म बन्द गर्दै जाने हो त ?’

    उनले यस्तो निर्णय गर्ने सत्ताधारी दलकै कयौं नेताहरु भ्रष्ट भएको आरोप लगाउँदै थप लेखेका छन्, ‘यो निर्णय गर्ने सत्ताधारी दलकै कयौं नेताहरु भ्रष्ट होलान् । के अब पार्टी नै बन्द गरिदिने हो त ? मूलधारले ढोका बन्द गरेका कयौंं प्रतिभाहरु सामाजिक सञ्जालबाट उदाए, मूलधारले लुकाएका कयौं समाचार सामाजिक सञ्जालले उजागर गरे, सामाजिक सञ्जालले फैलाएका कयौं अफवाहलाई मूलधारले फेक प्रमाणीकरण गरे । आजको युगमा सोसल मिडियाको बिकल्प सुधारिएको, अनुशासकित सोसल मिडिया हो ।’उनले सत्ताधारी दलकै जिम्मेवार पदाधिकारीहरुको विरोधको अर्थ नबुझेको भन्दै के यो निर्णय माओवादी केन्द्रको मात्रै हो ? भन्दै प्रश्न गरे ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend