२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

बाढी प्रभावितका लागि स्ट्यान्डर्ड चार्टर्ड बैंकले गर्यो १ लाख डलरको सहयोग


सञ्चार डबली
  • बुधबार, असोज १४ २०८३
  • 638
    SHARES

  • images
    बाढी प्रभावितका लागि स्ट्यान्डर्ड चार्टर्ड बैंकले गर्यो १ लाख डलरको सहयोग

    काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले बाढी प्रभावित समुदायको राहत, पुनःस्थापना र पुनर्निर्माणका लागि १ लाख अमेरिकी डलर सहयोग गरेको छ ।

    बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको हो । बैंकका अनुसार अगस्ट २०२६ मा नेपालका विभिन्न जिल्लामा आएको बाढीबाट प्रभावित समुदायको पुनःस्थापना र पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले रकम प्रदान गरिएको हो ।

    बैंकका प्रमुख कार्यकारी अधिकृत गोरख राणाले बाढीका कारण धेरै परिवारको दैनिक जीवन र जीविकोपार्जनमा असर परेको बताए । प्रभावित समुदायलाई पुनःस्थापित गर्न र भविष्यमा विपद्को सामना गर्ने क्षमता बढाउन सरकारको प्रयासमा सहयोग गर्ने उद्देश्यले कोषमा योगदान गरिएको उनले बताए ।

    उनले विपद्पछिको पुनःस्थापना र पुनर्निर्माणका लागि निरन्तर सहयोग आवश्यक रहेको भन्दै बैंक प्रभावित समुदायसँगै रहने बताए ।

    नेपालमा लामो समयदेखि बैंकिङ सेवा दिँदै आएको स्ट्यान्डर्ड चार्टर्ड बैंकले देशको पुनःस्थापना प्रयासमा सहयोग गर्ने र समुदायमा दीर्घकालीन प्रभाव पार्ने सामाजिक कार्यमा योगदान गर्ने प्रतिबद्धता जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend