२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

जाजरकोट भुकम्प, एकजना मन्त्रीलाई फोकल ब्यक्ति तोकेर पीडितलाइ राहात दिलाऊँ : सुर्य थापा


सञ्चार डबली
  • बुधबार, कात्तिक २२ २०८०
  • 9.6K
    SHARES

  • images
    जाजरकोट भुकम्प, एकजना मन्त्रीलाई फोकल ब्यक्ति तोकेर पीडितलाइ राहात दिलाऊँ : सुर्य थापा


    काठमाडौं । नेकपा एमालेका सांसद सुर्य थापाले जाजरकोट र रुकुमका भुकम्प पीडितलाई राहात दिन एक एकजना मन्त्रीलाई ‘फोकल ब्यक्ति’को रुपमा तोकेर काम गर्नुपर्ने बताएका छन् ।

    गत शुक्रबार राती गएको भुकम्पमा परी ज्यान गुमाएका, घाइते भएका तथा धनजनका क्षति भएका परिवारलाई राहात दिनका लागि ‘फोकल ब्यक्ति’ तोकेर काम गर्न सुझाव दिएका हुन् । उनले जाजरकोट भुकम्पमा अनावश्यक भिभिआइपी र भिआईपीको लस्कर प्रति पनि असन्तुष्टी जनाएका छन् ।

    ‘जाजरकोट र पश्चिम रूकुममा भूकम्पको बहाना गरी अनावश्यक पर्यटन आवश्यक छैन, प्रभावित पालिकामा सर्वदलीय संयन्त्रको मार्गदर्शनमा उद्दार, राहत र पुनस्स्थापना कार्य अघि बढाउन आवश्यक स्रोत र जनशक्ति सरकारले व्यवस्था मिलाउनु अत्यावश्यक छ, उनको सुझाव छ, ‘संघीय र प्रदेश सरकारका एक एक जना मन्त्री समन्वय मिलाउन त्यहाँ फोकल व्यक्तिका रूपमा तोकेर संघीय सांसद, प्रदेश सभा सदस्य, स्थानीय तहका जनप्रतिनिधिहरू र जिल्ला प्रशासनको जवाफदेही सहकार्यमा पीडित केन्द्रित, ठोस र आवश्यक कार्य गरिनुपर्छ, ओहदा केन्द्रित सवारी आवश्यक छैन।’

    थापाले सुझाव दिदै अगाडी भनेका छन, ‘प्रचारमुखी स्टन्टबाजी र सजावटी देखावटी अभिनयले पीडितलाई खाना, नाना र छाना बन्दैनन् । २०७२ को भूकम्प र बाराको हावाहुरी पीडितका लागि सरकारले गरेको कामबाट सिकेर अघि बढ्नु जरूरी छ।’ केही दिन यता के काम भन्दा जाजरकोट जामजस्तो फजुल खर्च गरेर पीडितको नाममा राज्यकोष स्वाहा पार्ने कार्य उचित छैन।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend