२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

इसेवाकाे डिजिटल वालेटमै पहिलो पटक ‘बाइ नाउ, पे लेटर’ सेवा, ९.९९ प्रतिशत ब्याजमा २ लाखसम्म कर्जा पाइने


सञ्चार डबली
  • बुधबार, असोज १४ २०८३
  • 55
    SHARES

  • images
    इसेवाकाे डिजिटल वालेटमै पहिलो पटक ‘बाइ नाउ, पे लेटर’ सेवा, ९.९९ प्रतिशत ब्याजमा २ लाखसम्म  कर्जा पाइने

    काठमाडौँ / नेपालको डिजिटल वालेट क्षेत्रमा पहिलो पटक इसेवाले ‘बाइ नाउ, पे लेटर’ (BNPL) सेवा सार्वजनिक गरेको छ । उक्त सेवाअन्तर्गत ग्राहकले इसेवा प्लेटफर्ममार्फत ग्यारो ब्रान्डका विद्युतीय स्कुटर खरिद गर्न सक्नेछन् ।

    यससम्बन्धी सम्झौता असोज ८ गते इसेवाको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा इसेवा, रिलायन्स फाइनान्स लिमिटेड र विद्युतीय स्कुटर बिक्रेता कम्पनी परिमिता इन्भेष्टमेन्ट प्रालिबीच भएको हो ।

    साझेदारी पत्रमा इसेवाका निवर्तमान प्रमुख कार्यकारी अधिकृत जगदीश खड्का, रिलायन्स फाइनान्सका नायव प्रमुख कार्यकारी अधिकृत रामहरि आचार्य र परिमिता इन्भेष्टमेन्ट प्रालिका मनन तुलाधरले हस्ताक्षर गरेका थिए ।

    साझेदारीअनुसार ग्राहकले परिमिताका विद्युतीय स्कुटर खरिदका लागि इसेवा प्लेटफर्ममार्फत BNPL सुविधा लिन सक्नेछन् । रिलायन्स फाइनान्सले वित्तीय साझेदारका रूपमा कर्जा उपलब्ध गराउनेछ भने परिमिताले विद्युतीय स्कुटर उपलब्ध गराउनेछ ।

    ९.९९ प्रतिशत ब्याजमा २ लाखसम्म डिजिटल कर्जा

    BNPL सेवामार्फत ग्राहकले विद्युतीय स्कुटर खरिदका लागि इसेवा एपबाटै सम्पूर्ण प्रक्रिया पूरा गरी वित्तीय सुविधा लिन सक्नेछन् ।

    रिलायन्स फाइनान्सले स्कुटर खरिदका लागि ग्राहकलाई ९.९९ प्रतिशत ब्याजदरमा अधिकतम २ लाख रुपैयाँसम्मको डिजिटल कर्जा उपलब्ध गराउनेछ । ग्राहकले उक्त ऋण अधिकतम ३६ महिनासम्मको किस्ताबन्दीमा भुक्तानी गर्न सक्नेछन् ।

    यस सुविधाले ग्राहकलाई स्कुटर खरिद गर्दा एकैपटक ठूलो रकम भुक्तानी गर्नुपर्ने अवस्थालाई सहज बनाउँदै किस्तामा भुक्तानी गर्ने विकल्प उपलब्ध गराउने इसेवाले जनाएको छ ।

    डिजिटल वित्तीय सेवा र विद्युतीय यातायातलाई जोड

    इसेवाका अनुसार BNPL सेवा ग्राहकलाई डिजिटल माध्यमबाट वित्तीय सेवा उपलब्ध गराउने प्रयासको निरन्तरता हो । कम्पनीले डिजिटल प्रविधिमार्फत वित्तीय सेवाको पहुँच सहज बनाउन विभिन्न नवीन समाधान विकास गर्दै आएको जनाएको छ ।

    विद्युतीय स्कुटर खरिदलाई सहज बनाउने उक्त साझेदारीले वातावरणमैत्री यातायातको प्रयोगलाई समेत प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ । विद्युतीय सवारीसाधनको प्रयोगमार्फत प्रदूषण न्यूनीकरण, दिगो यातायात प्रवर्द्धन तथा डिजिटल अर्थतन्त्रको विकासमा योगदान पुग्ने कम्पनीको विश्वास छ ।

    इसेवा, रिलायन्स फाइनान्स र परिमिता इन्भेष्टमेन्टबीचको त्रिपक्षीय साझेदारीले डिजिटल भुक्तानी, वित्तीय सेवा तथा विद्युतीय यातायात क्षेत्रबीचको सहकार्य विस्तार गर्दै ग्राहकमैत्री नयाँ सेवाको विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend