२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई अर्थमन्त्री डा.महतको आह्वान


सञ्चार डबली
  • सोमबार, कात्तिक २० २०८०
  • 8.7K
    SHARES

  • images
    नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई अर्थमन्त्री डा.महतको आह्वान


    काठमाडौं । नेपालमा लगानीको उचित वातावरण बन्दै गएको अर्थमन्त्री डा. प्रकाशशरण महतले दाबी गरेका छन् । आजदेखि काठमाडौंमा सुरु भएको ‘एसिया प्यासिफिक चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री कन्फेडेरेसन’को ३७ औँ सम्मेलनको उद्घाटनमा उनले नेपालमा लगानी गर्न चाहने विदेशी लगानीकर्तालाई निजी क्षेत्रका छाता संगठनले समेत सहयोग गर्ने भएकाले ढुक्कले लगानी गर्न आग्रह गरे । उनले भने, ‘नेपालमा गरिएको लगानीको भविष्य उज्ज्वल रहेको छ जलविद्युत, पर्यटन, सूचना प्रविधि, कृषिलगायतका क्षेत्रमा ढुक्क भएर लगानी गर्नुस् ।’

    भूकम्प र कोरोना महामारीबाट उठ्दै गरेको नेपाललाई यस किसिमको भेलाले सहयोग पुग्ने पनि उनको भनाई छ ।उनले भारतले आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने प्रतिबद्धता गरेको भन्दै लगानीका लागि जलविद्युत् उपयुक्त क्षेत्र भएको बताए ।

    उनले भने, ‘नेपालको आईटी सेक्टरमा ठूलो सम्भावना छ । विदेशी लगानीकर्ता पनि नेपालमा लगानी बढाउन इच्छुक छन्, नेपालमा लगानी गर्नेलाई सरकारले स्वागत गर्छ । वातावरण बनाउँछ ।’

    उनले नेपालमा लगानी गर्नलाई ‘वान डोर विन्डो’ सञ्चालनमा रहेको र ठुला लगानीलाई सहयोग गर्न लगानी बोर्ड नै सञ्चालनमा रहेको भन्दै नेपालमा लगानीका लागि थप वातावरण र कन्फिडेन्स सिर्जना गर्न आगामी फेब्रुअरीमा लगानी सम्मेलन आयोजनाकालागि सरकार जुटेको जानकारी बताए ।

    उनले भने, ‘विश्व बैंक र एडिबीले नेपालका दुई जलविद्युत आयोजनामा लगानीको तयारी गरिरहेका छन् । यसबाट नेपाल लगानीको केन्द्र रहेको पुष्टि हुन्छ । ग्रीन बन्डलगायतमा फाइनान्सिङ औजारहरुमा समेत लगानी गर्न मिल्ने गरि नेपाल सरकार अघि बढेको छ ।’

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend