२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

भूकम्प पीडितलाई माओवादीको ६० लाख सहयोग गर्ने


सञ्चार डबली
  • सोमबार, कात्तिक २० २०८०
  • 9.7K
    SHARES

  • images
    भूकम्प पीडितलाई माओवादीको ६० लाख सहयोग गर्ने


    काठमाडौं । नेकपा माओवादी केन्द्रले जाजरकोट भूकम्प पीडितलाई ६० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । माओवादी केन्द्रका प्रवक्ता अग्नी सापकोटाले, केन्द्रबाट ५० लाख र प्रदेश कमिटिबाट एक एक लाखसमेत गरी ६० लाख नगद भूकम्प पीडितलाई उपलब्ध गराउने निर्णय भएको जानकारी दिए ।

    त्यस्तै यो दुखको घडिमा गणतन्त्र र संघीयताविरोधीहरूको विरुद्ध २२ मंसिरका लागि घोषणा गरेको काठमाडौंको जनप्रदर्शन स्थगित गर्ने निर्णय गरिएको उनले बताए ।

    उनले भने ‘ यो दुखद क्षणमा पूर्व निर्धारित काठमाडौंको प्रर्दशन तत्कालका लागि स्थगित गर्ने र सम्पूर्ण शक्ति भूकम्प पीडितको राहत तथा पुर्नवासमा लगाउने निर्णय भएको छ । ’

    काठमाडौं बाहेक अन्य स्थानमा पूर्व निर्धारित कार्यक्रम यथावत रहेको बताएका उनले कर्णाली प्रदेशमा सम्पूर्ण नेता कार्यकता पीडितको राहत तथा पुर्नवासका आवश्यक अस्थायी संरचना निर्माणमा खटिने बताए ।

    उनले भने कर्णालीका सम्पूर्ण नेता कार्यकर्ता भूकम्प पीडितको राहतमा केन्द्रित हुनुहुनेछ । अस्थायी आवास निर्माण र राहत तत्कालको महत्वपूर्ण अभियान हो । सबै त्यसमा लाग्नु हुनेछ । हामी सबै पार्टीका नेता, कार्यकर्ता र शुभचिन्तकलाई भूकम्प पीडितको राहत तथा वासस्थान निर्माणमा खटिन अपिल गर्दछौँ ।’

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend