२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

भूकम्प पिडितको लागि एनआरएनए स्वास्थ्य हटलाइन सेवा


सञ्चार डबली
  • सोमबार, कात्तिक २० २०८०
  • 8.0K
    SHARES

  • images
    भूकम्प पिडितको लागि एनआरएनए स्वास्थ्य हटलाइन सेवा

     

    काठमाडौं । जाजरकोट र रुकुमका भूकम्प पीडितको लागि स्वास्थ्य सल्लाह दिने उदेश्यले गैरआवासीय नेपाली संघले हटलाइन सेवा संचालनमा ल्याएको छ । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा. संन्जिव सापकोटाका अनुसार पिडितहरुले फोन, भाइभर, व्हाट्सए वा टेक्ट् मार्फत सिधैं स्वास्थ्य विज्ञहरुसंग सम्पर्क गर्न सक्ने छन् ।

    संघले सेन्टर फर अमेरिकन मेडिकल स्पेशलिस्ट र एयसके फाउण्डेनशनको सहकार्यमा २४ सै घण्टा सो सेवा संचालनमा ल्याएको हो । यसअघि संघका अध्यक्ष डा.बद्री केसीको नेतृत्वमा भूकम्प पिडितको लागि राहत वितरण गर्न संघको टोली जाजरकोट तथा पश्चिम रुकुम तर्फ लागेको छ । संघले पहिलो चरणमा १ करोड बराबरको रातकोष स्थापना गर्ने निर्णय गरेको छ ।

    स्वास्थ्य सेवा सम्बन्धी हटलाइनहरु
    डा. भूपेन्द्र मल्ल ९८४९६७९३०७
    डा. शिवराम महतो ९८५२८३४७३०
    डा. उज्ज्वल कुमार झा ९८६७३२५५५५

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend