२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

उपप्रधानमन्त्री, मन्त्री र सांसदसहितको टोली भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान


सञ्चार डबली
  • आइतबार, कात्तिक १९ २०८०
  • 10.5K
    SHARES

  • images
    उपप्रधानमन्त्री, मन्त्री र सांसदसहितको टोली भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान


    काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा मन्त्री र सांसदहरूसहितको टोली भूकम्प प्रभावित क्षेत्रमा गएको छ । भूकम्प पीडितको उद्दार, राहत र उपचार अवस्था बुझ्न उपप्रधानमन्त्री श्रेष्ठसहितको टोली त्यसतर्फ प्रस्थान गरेको हो ।

    नेपाली सेनाको जहाजबाट सुर्खेत पुगी त्यहाँबाट हेलिकप्टरमार्फत प्रभावित क्षेत्रमा पुग्ने उक्त टोलीले राहतका रूपमा एकहजार ५० स्लिपिङ ब्याग, दुईसय दुई त्रिपाल र एकसय ब्ल्याङ्केट समेत वितरण गर्नेछ ।

    टोलीमा उपप्रधानमन्त्री श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, उर्जामन्त्री शक्ति बस्नेत, सांसद एवम् माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मालगायत रहेका छन् ।a

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend