२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

सुजुकीको दसैं–तिहार अफर, १ लाख रुपैयाँसम्म छुट

नगद छुट वा एक्सचेन्ज बोनससँगै ३६ महिनासम्म शून्य ब्याज र कम ईएमआईको सुविधा


सञ्चार डबली
  • बुधबार, असोज १४ २०८३
  • 55
    SHARES

  • images
    सुजुकीको दसैं–तिहार अफर, १ लाख रुपैयाँसम्म छुट

    काठमाडौं । सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक भीजी अटोमोबाइल्स प्रालिले चाडपर्व लक्षित योजना ‘उत्सव नयाँ, राइड नयाँ’ सार्वजनिक गरेको छ। योजनाअन्तर्गत सुजुकीका नयाँ मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले १ लाख रुपैयाँसम्मको नगद छुट वा एक्सचेन्ज बोनस पाउनेछन्।

    देशभर लागू हुने उक्त योजनाले चाडपर्वका बेला नयाँ दुईपांग्रे सवारीसाधन खरिद गर्ने ग्राहकलाई लक्षित गरेको कम्पनीले जनाएको छ।

    अफरअन्तर्गत नगद छुट वा एक्सचेन्ज बोनससँगै ग्राहकले शून्य ब्याज तथा ३६ महिनासम्मको कम ईएमआई सुविधासमेत लिन सक्नेछन्। शून्य ब्याज तथा ३६ महिनाको कम ईएमआई सुविधा नागरिकता भएका ग्राहकका लागि लागू हुने कम्पनीले जनाएको छ। सुविधा सम्बन्धित योजनाका सर्तहरूमा आधारित हुनेछ।

    यो योजना सुजुकीका विभिन्न लोकप्रिय मोडलमा लागू हुनेछ। जसमा भि–स्ट्रोम २५० एसएक्स, एक्सेस १२५, एभेनिस १२५, बर्गम्यान स्ट्रिट १२५ र जिक्सर १५५ रहेका छन्।

    कम्पनीका अनुसार चाडपर्वलाई लक्षित गर्दै ग्राहकलाई नयाँ दुईपांग्रे सवारीसाधन खरिद गर्दा आर्थिक तथा फाइनान्सिङ दुवै पक्षबाट सहजता दिने उद्देश्यले योजना ल्याइएको हो।

    ‘उत्सव नयाँ, राइड नयाँ’ योजना देशभर रहेका सुजुकीका आधिकारिक डिलरबाट उपलब्ध हुनेछ। ग्राहकले नजिकको डिलरमा पुगेर उपलब्ध मोडल, नगद छुट, एक्सचेन्ज बोनस तथा फाइनान्सिङ सुविधाबारे जानकारी लिन सक्नेछन्।

    सुजुकीले नेपाली बजारमा दैनिक आवागमनदेखि लामो दूरी तथा एडभेन्चर राइडिङसम्मका लागि विभिन्न सेग्मेन्टका मोटरसाइकल तथा स्कुटर बिक्री गर्दै आएको छ। कम्पनीले चाडपर्वको अवधिभर योजनाअन्तर्गत उपलब्ध सुविधाको लाभ लिन ग्राहकलाई आग्रह
    गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend