२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

राहत बाँड्न चाहनेले एकद्वार प्रणालीबाट जानुपर्छ : प्रधानमन्त्री दाहाल


सञ्चार डबली
  • आइतबार, कात्तिक १९ २०८०
  • 8.4K
    SHARES

  • images
    राहत बाँड्न चाहनेले एकद्वार प्रणालीबाट जानुपर्छ : प्रधानमन्त्री दाहाल


    काठमाडौं । सरकारले, जाजरकोट भूकम्प पीडितलाई एकद्वार प्रणलीबाटै राहत र पुनस्थापनाको प्रबन्ध गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जानकारी दिएका छन् । मन्त्रिपरिषद्को बैठकलगत्तै बसेको विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा प्रधानमन्त्री दाहालले पीडितलाई एकद्वार प्रणलीबाटै राहत र पुनस्थापनाको व्यवस्था गरिने जानकारी दिएका हुन् ।

    राहतको लागि राष्ट्रिय अन्र्तराष्ट्रिय निकाय र संघ संस्थाले सघाउने घोषणा गरिसकेको र सो कार्यलाई प्रभावकारी बनाउन एकद्वार प्रणलीबाटै पीडितको पुर्नस्थानाको नेतृत्व सरकारले गर्ने प्रचण्डको भनाई छ।

    मन्त्रिपरिषद्लगत्तै बसेको परिषद् बैठकमा दाहालले, दुवै बैठकको मूल सार सुनाउँदै भने ‘अहिले नै पनि मित्र राष्ट्रलगायत धेरै ठाउँबाट सहयोग गर्ने आश्वासन आउन थालेको छ । हिजो गृहको बैठक, आजको क्याविनेट र अहिलेको परिषद्को बैठकमा एउटा कुरा प्रष्टसँग के भनेका छौं भने,जसले मनलाग्छ त्यसले जहाँबाट मन लाग्छ त्यहाँबाट सहयोग उठाउने अनि आफ्नै ढंगबाट गएर खर्च गर्ने यो पटक हुन दिने छौनौँ । हामी सबैले यसमा सहयोग गर्नुपर्ने हुन्छ । एकद्वार प्रणालीबाटै लाग्नु पर्ने हुन्छ । त्यसमा मुख्य केन्द्र काठमाडौं हुन्छ । दोस्रो केन्द्र सुर्खेत र तेस्रो अहिले नेपालगञ्ज हुन्छ ।’

    उनले सामान वा राहत साम्रगी जसले जे सहयोग गर्न चाहेपनि हाललाई गृहमन्त्रालयको समन्वयनमा नेपालगञ्जको संरचनासँग रजिष्टर नगरिकन राहत सामग्री वितरण गर्न नपाईने कडा व्यवस्था गरेको र त्यसलाई राजनीतिक दलसहित सबैले लागू गर्न आग्रह गरे ।

    आकस्मिक बैठकपछि उनले उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाललाई परिचालित गरेको भन्दै आवश्यक परेको अवस्थामा अझ जनशक्ति पठाउने निर्णय गरेको बताए ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend