२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

भुकम्प प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको खाँचो, परिपुर्ति गरिहालौं : अध्यक्ष ओली


सञ्चार डबली
  • शनिबार, कात्तिक १८ २०८०
  • 8.8K
    SHARES

  • images
    भुकम्प प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको खाँचो, परिपुर्ति गरिहालौं : अध्यक्ष ओली

     

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गए राति गएको जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले पुर्याएको धनजनको क्षति प्रति गहिरो चिन्ता ब्यक्त गरेका छन् । अध्यक्ष ओलीले सो भुकम्पमा परी परी घाइते भएकाहरुको शिघ्र उद्धार तथा उपचारमा खट्नका लागि सबैलाई आग्रहसमेत गरेका छन् ।

    ‘भूकम्प रातको समयमा गएकाले उद्धार प्रभावकारी हुन सकेको छैन होला । मैले बिहान त्यहाँका केही साथीहरुसँग टेलिफोनमा कुराकानी गरेँ । यतिबेला त्यहाँ उद्धार गर्ने र घाइतेको उपचारमा तत्काल लाग्ने स्वास्थ्यकर्मीको धेरै खाँचो छ । सबै साथीहरु उद्धारमा खटौं’, ओलीले सामाजिक सञ्जालमार्फत लेखेका छन, ‘भुकम्प प्रभावित क्षेत्रभन्दा बाहिरकाले सहयोग पुर्‍याउने र त्यहाँकाले धैर्य र सावधानी राख्नुपर्ने समय हो ।’

    गए राति जाजरकोट केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पमा परी हालसम्म एक सय ३० भन्दा बढीको ज्यान गईसकेको छ भने सयौँको सङ्ख्यामा घाइते भएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend