२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

घट्यो वाणिज्य बैंकहरूको आधार दर


सञ्चार डबली
  • सोमबार, कात्तिक १३ २०८०
  • 8.6K
    SHARES

  • images
    घट्यो वाणिज्य बैंकहरूको आधार दर


    काठमाडौं । हालसम्म १३ वाणिज्य बैंकहरूले आधार दर सार्वजनिक गरेका छन्। कात्तिकमा बैंकहरूको औसत आधारदर सामान्य घटेको छ। बैंकहरूको औसत आधार दर १०।१२ प्रतिशतबाट घटेर १०.१ प्रतिशत भएको छ। यी १३ मध्ये ९ वटा वाणिज्य बैंकको आधार दर घटेको छ भने दुई वटाको वृद्धि भएको छ। बाँकीको स्थिर छ।

    बैंकहरूले कर्जामा अधिकतम १२ प्रतिशतदेखि १५.८३ प्रतिशतसम्म ब्याजदर लिने भएका छन्। बैंकहरूले कर्जामा आधार दर सहित एकदेखि पाँच प्रतिशतसम्म प्रिमियम तोकेका छन्।

    एनआइसी एशिया बैंक र राष्ट्रिय वाणिज्य बैंकले निक्षेपको ब्याजदर बढाएको कारण आधार दर केही वृद्धि भएको हो। यससँगै कर्जाको ब्याजदर न्यूनतम ९.९५ देखि १५.८३ प्रतिशतसम्म कायम भएको छ।

    राष्ट्र बैंककाअनुसार गत भदौसम्ममा भने बैंकहरूको कर्जाको औसत ब्याजदर १२.२३ प्रतिशत छ। यस्तो औसत ब्याजदर १३.०३ प्रतिशतसम्म पुगेको थियो। बैंकहरूले कात्तिकको लागि निक्षेपको अधिकतम ब्याजदर थप घटाएका छन्। यसले मंसिरमा बैंकहरूको आधार दर थप घट्नेछ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend