२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

आजको मौसम : देशका केही भू–भागमा हिमपात र वर्षाको सम्भावना


सञ्चार डबली
  • सोमबार, कात्तिक ६ २०८०
  • 10.0K
    SHARES

  • images
    आजको मौसम : देशका केही भू–भागमा हिमपात र वर्षाको सम्भावना

    सोमबार, कात्तिक ६, २०८०
    काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । केही प्रदेशमा हिमपात समेत हुनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

    दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।  बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । विभागले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    विभागका अनुसार आज राति देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend