२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

आजको मौसम : पाँचवटा प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना


सञ्चार डबली
  • बिहीबार , असोज २५ २०८०
  • 10.3K
    SHARES

  • images
    आजको मौसम : पाँचवटा प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

    बिहीबार, असोज २५, २०८०
    काठमाडौं । यो वर्षको मनसुन बाहिरिनेक्रम जारी छ । कर्णाली प्रदेशको सम्पूर्ण भू–भाग, लुम्बिनी प्रदेशको अधिकांश भू–भाग तथा गण्डकी प्रदेशको पश्चिम भू–भागबाट पनि यो वर्षको मनसुन बुधबार बाहिरिएको छ । 

    सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका अधिकांश भू–भाग र लुम्बिनी प्रदेशको पश्चिमी भू–भागबाट भने मनसुन यसअघि नै बाहिरिएको थियो । यसैबीच, नेपालको पूर्वी तथा मध्यभागमा मनसुनी वायुको आंशिक प्रभाव रहँदा आज बिहान देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा मधेस र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    विभागले आज राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने जनाएको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend