२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

सुवासचन्द्र नेम्वाङको निधनमा आज सार्वजनिक विदा


सञ्चार डबली
  • बिहीबार , भदौ २८ २०८०
  • 9.3K
    SHARES

  • images
    सुवासचन्द्र नेम्वाङको निधनमा आज सार्वजनिक विदा


    काठमाडौं, २८ भदौ । सरकारले आज सार्वजनिक विदा दिएको छ । सरकारले संविधानसभा अध्यक्ष तथा एमालेका उपाध्यक्ष एवं एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको निधनमा आज सार्वजनिक विदा दिएको हो । आज उनको राजकीय सम्मानका साथ अन्त्येष्टीसमेत गरिँदैछ ।

    गत मंगलबार हृदयघातबाट निधन भएका नेकपा एमाले उपाध्यक्षसमेत रहेका नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टी गरिन लागिएको हो । दिउँसो १२ बजे हिन्दु र किराँत दुवै अनुसार उनको अन्तिम दाह संस्कार गरिने जनाईएको छ ।

    मंगलबार बिहान बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि गर्ने निर्णय गर्दै सोही दिन सार्वजनिक विदा दिनेसमेत निर्णय पनि गरेकाले आज सार्वजनिक विदा दिईएको हो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend