२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

बारा क्षेत्र नम्बर २ को मतगणना केहीबेरमा सुरु हुँदै


सञ्चार डबली
  • सोमबार, वैशाख ११ २०८०
  • 7.9K
    SHARES

  • images
    बारा क्षेत्र नम्बर २ को मतगणना केहीबेरमा सुरु हुँदै


    काठमाडौं, वैशाख ११ गते ।  बारा क्षेत्र नम्बर २ को मतगणना केहीबेरमा सुरु हुने भएको छ ।  सर्वदलीय बैठक सकिएलगत्तै  शिक्षा तालिम केन्द्र, कलैयामा मतगणना सुरु हुने भएको हो । मतगणनाका लागि दलका प्रतिनिधिहरु मतगणनास्थलमा उपस्थिति भएका छन् ।

     पहिलो चरणमा २ स्थानबाट मतगणना शुरु गरिने मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जनाएका छन् ।  आइतबार भएको उपनिर्वाचनमा बारामा करिब  ६३ प्रतिशत मतदान भएको छ ।मतगणनास्थलमा सुरक्षा व्यवस्था पनि कडा पारिएको छ ।

    यस क्षेत्रमा जनता समाजवादी पार्टी (जसपा) का उपेन्द्र यादव,  नेकपा  एमालेका पुरुषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल र जनमत पार्टीका शिवचन्द्र कुशवाहाबीच मुख्य प्रतिस्पर्धा हुँदैछ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend