पाल्पा । पाल्पाको माथागढी गाउँपालिका–३ भसकट्टामा वर्षाका कारण पहिरो खस्दा एक घर पुरिएको छ। पहिरोमा घर पुरिँदा तीन जना बेपत्ता भएका छन् ।
आइतबार बिहान करिब ४: ३० बजे पहिरो खसेर लिलबहादुर घर्ती मगरको घर पुरिएको हो ।
पहिरोमा परी लिलबहादुर घर्ती मगर, उनकी १७ वर्षीया छोरी दिना घर्ती मगर र छिमेकी मोतिलाल घर्तीकी १५ वर्षीया छोरी झरना घर्ती बेपत्ता भएका छन् ।
बेपत्ताको उद्धार तथा खोजीका लागि प्रहरी टोली घटनास्थलतर्फ खटिएको जनाइएको छ ।


