२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

सरकार आफैँ तस्करीमा संलग्न रहेको र कमिशनमा डुबेको छ : अध्यक्ष ओली


सञ्चार डबली
  • सोमबार, भदौ २५ २०८०
  • 8.4K
    SHARES

  • images
    सरकार आफैँ तस्करीमा संलग्न रहेको र कमिशनमा डुबेको छ : अध्यक्ष ओली


    काठमाडौ, २५ भदौ । सरकार आफैँ तस्करीमा संलग्न रहेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आरोप लगाएका छन् । तेजाव आक्रमण विरुद्धको जागरण दिवसका अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा उनले सरकार आफैँ तस्करीमा संलग्न रहेको र कमिशनमा डुबेको बताएका छन् ।

    ‘सरकार तस्करीमा संलग्न हुन्छ । तस्करहरुलाई समर्थन गर्छ । सरकार कमिशनखोरीमा डुब्छ । जनताका समस्या हेर्दैन् ।’ उनले भने, ‘जनता पीडामा छन् । म सरकारलाई सुझाव दिन चहान्छु अनेक किसिमका स्टन्टबाजी होईन्, भ्रष्टाचार नगर्नु, भ्रष्टाचार रोक्नुस, कमिशनखोरी बन्द गर्नुस्, जनताका समस्या समाधान गर्ने, सुशासन दिने, विकासका बाटो तर्फ लाग्ने काम गर्नुस् ।’

    उनले तेजाव आक्रमणमा परेका पीडितहरुलाई निशूल्क उपचारको व्यवस्था गर्नुपर्ने भन्दै यस्तो अपराध गर्नेलाई कडा सजाय दिनु आवश्यक भएको बताए ।उनले भने, ‘यस्तो कार्य कही पनि कसैले पनि आक्रमणको सामना गर्न नपरोस, कोही पनि यस्तो अपराध गर्न प्रोत्साहित नहोस र कसैले गरे कडा सजाय दिने व्यवस्था गर्नुपर्छ । तेजाव आक्रमणका पीडितको कुरा सुनेर सरकार गम्भीर भएर लाग्नु पर्छ, यसको लागि उपचार सरकारले निशूल्क गरोस् ।’

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend