२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

त्रिभुवन विमानस्थलका कर्मचारी आन्दोलनमा, आजदेखि भन्सारका सबै काम ठप्प गरिने


सञ्चार डबली
  • सोमबार, भदौ २५ २०८०
  • 11.3K
    SHARES

  • images
    त्रिभुवन विमानस्थलका कर्मचारी आन्दोलनमा, आजदेखि भन्सारका सबै काम ठप्प गरिने


    काठमाडौं, २५ भदौं । त्रिभुवन विमानस्थल, सिनामंगल भन्सार कार्यालय आजबाट ठप्प हुने भएको छ । सो भन्सारमा कार्यरत कर्मचारीले सामुहिक रुपमा सरुवा गराई दिनुपर्ने भन्दै राखेको मागको सुनुवाई नभए पछि आजबाट भन्सार ठप्प पार्न लागेका हुन ।

    सामुहिक सरुवासहित पाँच बुँदे माग राखेर आन्दोलनमा उत्रेका कर्मचारीले आजबाट त्रिभुवन विमानस्थल भन्सार कार्यालयको कार्गो जाँचपास शाखामार्फत हुने निकासी, पैठारी सम्बन्धि सम्पुर्ण कार्य बन्द गर्ने भएका हुन् ।

    आज पनि माग सम्बोधन नभए भोली पनि कार्गो शाखाका सबै काम बन्द गर्ने घोषणा गरिएको छ । हिजो उनीहरुले तीन घन्टा ‘पेन डाउन’ गरेर सांकेतिक विरोध सुरु गरेका थिए । भदौं २७ गतेसम्म पनि माग सम्बोधन नगरेमा पुनः अर्को चरणको आन्दोलनको कार्यक्रम घोषणा गर्ने विमानस्थलका कर्मचारीले अग्रिम जानकारी गराएका छन् ।

    ६० केजी सुन तस्करी प्रकरणमा कर्मचारीहरु धमाधम पक्राउ गरेर आतंकित बनाएको उनीहरुको आरोप छ । जसका कारण सो भन्सार कार्यालयमा काम गर्ने मनोविज्ञान तथा वातावरण नभएको भन्दै गत भदौ १२ गते १३७ कर्मचारीले सामूहिक सरुवा मागे गरेका थिए । तर, आफनो माग दुई साता लागिसक्दा पनि सुनवाई नभए पछि आइतबारबाट उनीहरु आन्दोलनमा उत्रेका हुन ।

    नीहरुले पहुचका आजधारमा राजनीतिक नेतृत्वलाई जोगाउने तर कर्मचारी तन्त्रलाई भने त्रसित बनाउन सरकार उद्यत रहेको गम्भिर आरोप लगाएका छन । ‘सीआईबीबाटै संचार माध्यमहरुलाई उपलब्ध गराएको सूचना अनुसार घटनाका मूख्य योजनाकार तथा सो सँग संलग्न देखिएका व्यक्ति र अपराधमा प्रत्यक्ष संलग्नता भएका भनिएका त्यस्ता पहुँचवाला व्यक्तिलाई निजको राजनीतिक संरक्षणका आधारमा अनुसन्धानलाई विषयान्तर गर्ने उद्देश्य राखी कर्मचारीलाई मात्र दुःख दिने कार्य अविलम्ब बन्द हुनुपर्ने’, भन्सार प्रशासकसमक्ष प्रस्तुत कर्मचारीको माग पत्रमा भनिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend